धनराज गुरुङको बयान : मेरो डिभोर्स नक्कली होइन


२०८१ कार्तिक २८ बुधबार १८:१८ बजे

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । आज (बुधबार) पाँच घण्टासम्म बयान दिने क्रममा गुरुङले आफूमाथिका आरोपहरु निराधार रहेको जिकिर गरेका छन् । 

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योति जोडिएकाले धनराज पनि विवादमा तानिएका थिए । धनराज र ज्योतिबीच नक्कली डिभोर्स भएको टिप्पणी हुने गरेको छ । तर गुरुङले आफ्नो डिभोर्स नक्कली नरहेको बयान सीआईबीमा दिएका छन् ।  

ज्योति मितेरी सहकारीको सञ्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि उनको भूमिकालाई शंकास्पद मानिएको थियो । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७