त्रिशूली किनारमा युवतीको शव फेला
काठमाडौं । गोरखामा एक युवतीको शव फेला परेको छ । सहिद लखन गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार शवको सनाखत हुन सकेको छैन । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।