एमाले बागमतीले सात पदमा टुङ्गो लगायो उपनिर्वाचनका उम्मेदवार


२२:३५ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमाले बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । आज (शुक्रबार) बसेको प्रदेश कमिटीको सचिवालय बैठकले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए । 

उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए । शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौँ  महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको हो ।

एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकी उम्मेदवार बन्ने भएका छन् । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् । 

त्यस्तै काठमाडौँ महानगरपालिका–१६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको हो ।

त्यस्तै नुवाकोटको ककनी–२ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय एमाले जिल्ला कमिटीले गरेको छ भने काठमाडौँ महानगरको वडा अध्यक्षबारे पनि सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गरेको एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । आगामी मंसिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७