ट्रम्पले दिए श्रीमतीलाई दिए ‘फर्स्ट लेडी’ को उपाधि


१६:०४ बजे
Image source: Reuters

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूले जितेको घोषणा गरेका छन् । बुधवार फ्लोरिडामा समर्थकले भरिएको एक हलमा सभाको आयोजना गरेर उनले आफू ४७ औं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरे । 

‘४७ औं र ४५ औं राष्ट्रपति निर्वाचित गरेर दिएको असाधारण सम्मानका लागि अमेरिकी जनतालाई धन्यवाद दिन चाहन्छु,’ ट्रम्पले भने ।  आफ्नी पत्नी मेलानिया ट्रम्पसहित विजयी सम्बोधन गर्न मञ्चमा उभिएका ट्रम्पले पत्नी मेलानियालाई ‘फर्स्ट लेडी’ भनेर बधाई समेत दिए । 

यस्तै ट्रम्पले आफ्नो जित अमेरिकी जनताका लागि शानदार जित रहेको बताउँदै देशको उन्नतीमा ‘स्वर्ण युग’ बनाउने घोषणा गरे । ट्रम्पले जितको खुशीयाली मनाउन थालेपनि मतगणना अझै पनि जारी छ । ट्रम्पले जितिसकेको आंकडा भने आइसकेको छैन । २६७ इलेक्टोरल कलेज भोट जितेका ट्रम्प जितबाट केवल ३ भोट पछाडि छन् । प्रतिस्पर्धी कमला ह्यारिस भने २२४ इलेक्टोरल भोटसहित पछ्याइरहेकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७