दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्प विजयी


१९:२८ बजे
फाइल फोटो

काठमाडौं । अमेरिकी राष्ट्रपति चयनका लागि निर्णायक मानिएका सात ब्याटल ग्राउण्डमध्ये दुई वटा राज्यको नतिजा आएको छ । नर्थ क्यारोलिनामा रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यहाँबाट उनको पक्षमा १६ इलेक्टोरल मत गएको छ ।

यो जितले उनलाई विजयी हुन आवश्यक २७० इलेक्टोरल मत बनाउन सहज भएको छ । यस्तै प्रमुख ब्याटलग्राउण्ड जर्जियामा पनि ट्रम्प विजयी भएका छन् । यहाँबाट पनि उनको पक्षमा थप १६ इलेक्टोरल कलेज गएको छ । सन् २०२० को निर्वाचनमा जर्जियाबाट जो बाइडेन विजयी भएका थिए ।

बाइडेनले जित्दा पनि जर्जिया ३० वर्षपछि डेमोक्रेटिक पार्टीको पक्षमा आएको थियो । त्यसबेला बाइडेन ११ हजार ७७९ मतले विजयी भएका थिए । बाँकी ब्याटलग्राउण्ड स्टेटमा पनि ट्रम्प अघि देखिएका छन् । अब कमला ह्यारिसलाई राष्ट्रपति बन्नका लागि विस्कन्सिन, पेन्सिलभेनिया र मिशिगनमा जित आवश्यक हुन्छ । तर यी राज्यमा पनि ट्रम्पले नै अग्रता बनाइरहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७