लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियाका हुसर्के खोंचमा फेला


१२:४५ बजे

काठमाडौं । लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि फेला परेका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् । आरोहणका लागि गएका उनी हिमालको ३० मिटरभन्दा बढी गहिरो खोंचमा भेटिएका हुन् ।

गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा बढी उचाईमा रहेको उक्त खोँचबाट उनको उद्धार भने कठिन रहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले मौसम खराब भएका कारण हेलिकोप्टर जान सक्ने अवस्था नभएपछि सोमबार उनको उद्धार सम्भव नभएको बताए । हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायत सामग्री फेला पारेको थियो । सोही क्षेत्रमा खोजी गर्ने क्रममा उनी भेटिएका हुन् ।

तर, खोंचका फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार हुनसक्ने अवस्था देखिएको डीएसपी भट्टराईले बताए । मौसम खुलेलगत्तै विशेषज्ञसहितको टोली परिचालन गरेर उनको उद्धार गर्ने तयारी भएको भट्टराईको भनाइ । उनीसँगै बेपत्ता भएका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने आफैं सम्पर्कमा आएका थिए । अर्का जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेको थियो । उनीहरु दुवैको काठमाडौंमा उपचार भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७