बसुन्धारा र सुन्दरीजलमा दुई जना मृत फेला


१४:३६ बजे

काठमाडौं । काठमाडौंका दुई फरक–फरक ठाउँमा दुई व्यक्ति मृत भेटिएका छन् । टोखा नगरपालिका–५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७