मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना


१२:१४ बजे

काठमाडौं । मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिए । 

चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ । बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’ का लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७