सरकारले भन्यो–कालापानीमा चीन र भारतले गरेको सम्झौता चिन्ता लिनु पर्ने खालको छैन


२०८१ पौष ११ बिहीबार ०९:२० बजे

काठमाडौं । सरकारले भारत र चीनबीच भएको मान सरोबर पदयात्रा खुलाउने सहमतिले नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निष्कर्ष निकालेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

हालै बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच मानसरोवर यात्राको सुरुवात गर्ने विषयमा सहमति भएको थियो । भारतीय तीर्थालुहरू लिपुलेक हुँदै कैलाश यात्रा गर्ने सहमतिमा उल्लेख भएको बताइएको छ । प्रवक्ता गुरुङले उक्त सहमति दुई देशबीचको प्राविधिक विषयमात्र भएको र यसले नेपालको स्वाधीनतामा आँच नपुर्‍याउने बताए ।

‘चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलबीच लिपुलेखका विषयमा जुन सहमति भएको भनिएको छ । त्यसले हाम्रो स्वाधीनता, नेपालको नक्सामाथि प्रभाव पार्ने ढङ्गले गरिएको होइन । सहमतिमा उनीहरूबीचको प्राविधिक कुरा समेटिएका छन् । यस विषयमा क्याबिनेटमा पनि लामो छलफल भयो । हामीले चिन्ता लिन नपर्ने र त्यसले हाम्रो स्वाभिमानमाथि प्रश्न नउठ्ने ढङ्गले सम्झौता भएको हो । त्यसैले चिन्ता लिनुपर्ने निष्कर्ष निकालिएको हो,’ प्रवक्ता गुरुङले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७