प्रहरीमा मिलनको बयान : ६ पटक लोकसेवा दिँदा पनि असफल भएपछि तनावमा थिएँ 


२०८१ पौष ९ मंगलबार ०४:२२ बजे

काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र भाइ हत्या गर्ने मिलन आचार्यले तनावका कारण हत्या गरेको बयान दिएका छन् । उनले आफू पटक–पटक लोकसेवामा असफल हुँदा पारिवारित तनाव भएको बताएका हुन् । उनले ६ पटक लोकसेवाको परीक्षा दिँदा पनि पास नभएको बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का मिलनले ५६ वर्षीय बाबु कुलप्रसाद आचार्य र २२ वर्षका भाइ प्रवीणको हत्या गरेको स्वीकार गरेका छन्। उनले तनावकै कारण बाबु र भाइको हत्यापछि आफू पनि आत्महत्या गर्ने सोच आएको बयान मंगलबार बिहान महाराजगञ्ज प्रहरी वृत्तमा बताएका हुन् । आफू सरकारी जागिरे भएको हेर्ने चाहना राखेका बुबा आफ्नो असफलताले डिप्रेसनमा पुगेका र एक पटक आत्महत्या समेत गर्ने कोशिस गरेका उनले बताएका हुन् ।

‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो । भाइ पनि खासै नपढ्ने कुलतमा लागे जस्तो थियो । आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ । कहिले सुब्बा, कहिले खरिदार तर पास हुन सकिनँ । आफ्ना कारण पनि परिवारलाई तनाव भयो जस्तो लाग्यो । मैले पनि केही गर्न सकिनँ । यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठीक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ । कुनै झगडा परेर हत्या गरेको होइन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७