बालेनले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस


२०८१ पौष ५ शुक्रबार २२:०५ बजे

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ। प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ ।

महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनु पर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ । यस विषयमा थप अनुसन्धान गरी कारबाही आवश्यक भएको भन्दै सम्बन्धित निकायमा सिफारिस गरेको महानगरपालिकाको भनाइ छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७