सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ


२०८१ कार्तिक ९ शुक्रबार १९:०९ बजे

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट एक जनालाई शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल रहेको उनले जानकारी दिए । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालन एवं शेयरधनी रहेको एसपी बोगटीले जानकारी दिएका छन् । खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७