मनकामना जाँदै गरेको माइक्रो धादिङमा सडकबाट भीरमा खस्यो


२०८१ कार्तिक ९ शुक्रबार १७:२० बजे

काठमाडौं । धादिङमा इभी माइक्रो दुर्घटना भएको छ । मुग्लिङ–काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले  जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय माइक्रो करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए ।

सो माइक्रोमा मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७