सभापति लामिछानेकाे पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन


२०८१ कार्तिक ९ शुक्रबार १७:२२ बजे

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको शुरु भएको छ । पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रित प्रदर्शन माइतीघरमा शुरु भएको हो।रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता–कार्यकर्ता अब काठमाडौं केन्द्रित आन्दोलनमा जुटेका हुन् ।

आन्दोलनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार पार्टी कार्यालयबाट नेताहरू समेत आन्दोलनस्थल आइरहेका छन् । काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७