सरकारको कामबाट कांग्रेस सन्तुष्ट छ : सभापति देउवा

‘दुई वर्ष ओलीले र डेढ वर्ष म सरकार चलाउँछु’


२०८१ कार्तिक ९ शुक्रबार १५:११ बजे

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको १०० दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनु पर्ने कुनै कारण नरहेको देउवाले बताएका हुन् ।

सभापति देउवाले ‘हनिमुन डेज’ मा सरकारले राम्रो काम गरेको जिकिर गरे । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताउँदै उनले राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए ।

‘मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । १०० दिनलाई मैले त राम्रो मानेको छु । १०० दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ उनले भने ।

उनले वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताएका छन् ।  ‘ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ १०० दिनको काम ।  दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन,’ देउवाले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७