नीति निर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री सुडी


२०८१ कार्तिक ९ शुक्रबार १७:१४ बजे

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तिकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीति निर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रुपमा सहभागी हुनुपर्नेमा जोड दिए । 

‘महिला विकासको बलियो स्तम्भका रुपमा भूमिका खेल्नसक्नेमा दृढ विश्वास राख्छु’, मन्त्री सुडीले भने, ‘महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीतिनिर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मुल गर्नुपर्नेमा जोड दिए । 

बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्‍याउने मन्त्री सुडीले विश्वास व्यक्त गरे । उनले महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए । ‘बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दुरदर्शी एजेण्डा हो ।

यसले नीजि र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तिकरणका लागि सरोकार भएका क्षेत्रहरु पहिचान गरेको छ’, मन्त्री सुडीले भने, ‘राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरुसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरुको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरुको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ ।’     

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि समेटेर सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले महिला र ज्येष्ठ नागरिककोे अवस्था संवेदनशील बन्दै गएको बताइन् । नेशनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपाल (एनएनबीएन), संयुक्त राष्ट्रसङ्घीय महिला (युएन महिला) र महिला, कानुन र विकास मञ्चको सहकार्यमा आयोजित सम्मेलनमा महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला अधिकारकर्मीलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले महिला अधिकारकर्मी लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई कदरपत्रसहित सम्मान गरे । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७