नयाँ पार्टी दर्ताका लागि राजेन्द्र महतोको आयोगमा निवेदन


२०८१ कार्तिक ९ शुक्रबार १७:०८ बजे

काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए ।

पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ रहने बताइएको छ  ।  शुरुमा महतोले अभियानकै नामबाट ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राख्न खोजेका थिए । तर, आयोगले दलको नाममा ‘क्रान्ति’ शब्द राख्न नदिएपछि राष्टिय मुक्ति पार्टी मात्र रहने भएको बताइएको छ । 

महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको नेता केशव झाले जानकारी दिए । ‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले अध्यक्ष र १७३ जना केन्द्रीय सदस्य रहनु हुन्छ ।’ उनकाअनुसार पार्टीले चुनाव चिह्न माछा प्रस्ताव गरेको छ । गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए । त्यसबेलादेखि नै उनले अभियान सञ्चालन गरेका थिए ।

यसअघि मधेस केन्द्रित दलहरूमा सक्रिय रहेका महतो यो पार्टीलाई भने राष्ट्रिय दलको रूपमा आकार दिने गरी तयारी गरिरहेका छन् । महतो यसअघि सद्भावना पार्टी (आनन्दीदेवी), राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय थिए । उनी पटक–पटक मन्त्री समेत भएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७