साउदी र युएईका लागि काउन्सिलर नियुक्त


२०८१ कार्तिक ९ शुक्रबार १५:०६ बजे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी र युनाइटेड अरब इमिरेट्स (युएई) का लागि काउन्सिलर नियुक्त गरेको छ । त्यस्तै, कतार र बहराइनका लागि श्रम सहचारी नियुक्त गरेको छ । साउदीका लागि उपसचिव तथा मन्त्रालयका प्रवक्ता कविराज उप्रेती नियुक्त भएका छन् भने युएईका लागि दीपेन्द्र पौडेल नियुक्त भएका छन् ।

कतारको श्रम सहचारीका लागि मन्त्रालयका शाखा अधिकृत प्रेमप्रसाद पोखरेल र बहराइन लागि शाखा अधिकृत सुनिता थापा नियुक्त भएकी छिन् । हाल युएईमा दीनबन्धु सुवेदी, साउदी अरेबियामा देवेन्द्र कार्की काउन्सिलर  छन् । बहराइनमा जमुना काफ्ले तथा कतारमा कृष्ण पौडेल श्रम सहचारीको रूपमा कार्यरत छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७