सेभेन समिटबाट फर्केका निर्मल पुर्जालाई विमानस्थलमा भव्य स्वागत


२०८१ कार्तिक ९ शुक्रबार १५:११ बजे

काठमाडौं ।  सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरो पुगेर कीर्तिमान बनाएका आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । इण्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही पुर्जा शुक्रबार नेपाल फर्किएका हुन् । 

उनले कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् । कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरू मध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ । कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर, निर्मल पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन् ।

दुई वर्ष चार महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी विश्व कीर्तिमान भर्खरै सन् २०२४ को अक्टोबर २ तारिखमा कायम गरेका थिए । त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन् ।

निर्मल पुर्जा विश्वको एक मात्र यस्ता पर्वतारोही हुन् जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजनसहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका  छन् । सन् २०१९ को अप्रिल २३ बाट सुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पुरा भएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७