अरिङ्गालले टोक्दा युवकको मृत्यु


२०८१ कार्तिक ९ शुक्रबार १५:१२ बजे

पाँचथर । अरिङ्गालले टोकेर पाँचधरको फिदिममा एक युकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर बिरामी भएका फिदिम नगरपालिका–६ सिवाका मानबहादुर तुम्रोकका २६ वर्षीय छोरा शुभराजको तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

बुधबार साँझ जंगलमा रहेको अरिङ्गाल झार्ने क्रममा शुभराजलाई अरिङ्गालले टोक्दा घाइते भएका थिए । अरिङ्गालले टोकेर सिकिस्त भएका उनको बिहीवार घरमै मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट सिकिस्त शुभराजलाई गाउँकै एक मेडिकलमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला बिहीवार घरमै उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७