आईजीपी कुँवरले लगाई दिए प्रहरी कर्मचारीलाई दशैंको टीका र जमरा


२०८१ असोज २७ आइतबार १८:१० बजे

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बडादशैं, २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका लगाइ दिएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाई दिएका हुन् । उनले कर्मचारीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित कर्मचारीहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो । 

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवं प्रहरीका परिवारहरू समेतको उपस्थिति थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७