क्यानडा एचपीसँगको अभ्यास खेल नेपालले जित्यो


०४:१२ बजे

 काठमाडौं । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गए राति सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो । नेपला यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो । 

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग– २ सिरिजमा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी–२० ४ मध्ये २ खेल जितेको थियो । अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७