शेरधन राईले प्रकाश तामाङलाई दिए जग्गा : सुकुम्बासी प्रकाशको परिवार अब जग्गाधनी


२०८१ असोज १२ शनिबार ०९:१८ बजे

भोजपुर :  ‘हेर्ने कथा’ का ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङ पहिलो पटक जग्गाधनीपूर्जा पाएका छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले)का कोशी इन्चार्ज शेरधन राईले तामाङको नाममा ५ रोपनी ३ आना २ पैसा जग्गा हस्तान्तरण गरेका हुन् ।

भोजपुरको षडानन्द– १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर भोजपुरका पूर्व सांसद समेत रहेका पूर्वमन्त्री समेत रहेका राईले जग्गाको लालपूर्जा हस्तान्तरण गरेका हुन् । जग्गा लालपूर्जासँगै राईले हाते ट्याक्टर र एक हल गोरु दिएका छन् । षडानन्द– ८, मा रहेको ५ रोपनी ३ आना २ पैसा राईको श्रीमती तथा समाजसेवी जाङ्मु इन शेर्पाको नामबाट प्राप्त गरेका हुन् । 

यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमा प्रकाशले पूर्वमुख्यमन्त्री राईसँग जग्गा, हाते ट्याक्टर र एक हल गोरु मागेका थिए । २४ दिनपछि राई प्रकाशको माग पुरा गर्न राई भोजपुर पुगेका थिए । जग्गा, ट्याक्टर र गोरु हस्तान्तरण गर्दै राईले नमुना कृषक बन्न आग्रह गरे । उनले भने, ‘प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँकै माग अनुसार मैले सहयोगको प्रतिबद्धता गरेको थिएँ । म आज बाँचा पुरा गर्न तपाईको घरमा आइपुगेको हुँ । यो जग्गामा राम्रो धान, सुन्तला, रुद्राक्ष र अकबरे खोर्सानी फल्छ । अब तपाईले नमुना कृषक बनेर विदेशमा रहेका नेपालीहरुलाई गाउँ फर्किनुपर्छ, गाउँमै अथाह सम्भावना छ भनेर सन्देश दिनुहोला ।’

जग्गा पाएपछि प्रकाशले खुशी व्यक्त गरे । प्रकाशले भने, ‘अब मेरो लागि गरी खाने वाताबरण भएको छ । म धेरै खुशी छुँ ।’ यसअघि प्रकाशको परिवार सुकुम्बासी थिए । यो जग्गा प्राप्त गरेसँगै अब प्रकाशको परिवार सुकुम्बासीबाट जग्गाधनी भएका छन् ।

समाजसेवी जाङ्मु इन शेर्पाले प्रकाशलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘काठमाडौंमा भेट्ना उहाँले राख्नु भएको माग हामीले पुरा गर्ने वाचा गरेका थियौं । आज त्यो वाँचा पुरा गर्न पाउँदा खुशी लागेको छ । प्रकाश तामाङ जस्ता गाउँमै सम्भावना देखेकालाई सहयोग गर्न पाउदा खुसी लागेको छ ।


यसअघि यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमो पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई १ लाख नगद पनि सहयोग गरेका थिए । नेता राईले प्रकाश आफ्नो गृह जिल्लाको पनि भएको कारण सहयोग गर्नु आफ्नो दायित्व पनि सम्झेको बताए । उनले भने, ‘प्रकाश र प्रकाश जस्ता संकटमा परेका हरेक भोजपुरेलाई सहयोग गर्नु मेरो दायित्व पनि हो । र जिम्मेदारी पनि हो ।’ जग्गा, ट्याक्टर र गोरु कसैबाट सहयोग उठाएर होइन आफैले व्यवस्थापन गरीदिएको राईको भनाई छ । 

राईले जग्गादिने प्रतिबद्धतासँगै यसको खोजीमा षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा लगायत लागेका थिए । यसको छिटो व्यवस्थापनका लागि राईले मेयर, वडाअध्क्ष शेर्पा सहित स्थानीयहरुलाई धन्यवाद समेत दिए ।  भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किरातीको नेतृत्वमा उनको घर बनाउने काम भइरहेको छ । त्यही घर नजिकैको जग्गा उनकै रुची अनुसार नेता राईले किनिदिएका हुन् । 

परिवारबाट ३५ वर्ष बढी हराएका तामाङले १६ भदौ २०८१ मा घरमै नागरिकताको प्रमाणपत्र पाएका थिए । ‘हेर्ने कथा’ का ‘हराएका वर्षहरू’ शिर्षकको कथा प्रशारण भएपछि उनलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए । 

भोजपुर सरोकार केन्द्रका राजेश राई, श्यामकृष्ण दाहाल लगायतका समूहले उनलाई उनलाई गोरखाको चुमनुम्ब्रीबाट भोजपुर लैजान पहल गरेका थिए । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए । प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७