काभ्रेको रोशी पठाइएको हेलिकप्टर फर्कियो, ठूलो जनधनको क्षतिको आशंका

विद्युत् र सञ्चार अवरुद्ध


२०८१ असोज १२ शनिबार ०९:१६ बजे

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा पठाइएको हेलिकप्टर फिर्ता भएको छ । अवतरण हुन नसकेपछि हेलिकप्टर फर्किएको हो । रोशीमा गाउँ नै बाढी पहिरोमा परेकाले ठूलो जनधनको क्षति भएको हुन सक्ने आशंका गरिएको छ ।

अहिले रोशीमा विद्युत् र सञ्चार अवरुद्ध भएको छ । जसले गर्दा यकिन विवरण प्राप्त हुन सकेको छैन । खोलमा बाढी आउँदा घरहरूनै बगाएको हो । केही मानिसहरू पहिरोमा फसिरहेको सूचना पाए लगत्तै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ पठाइएको थियो । यद्यपि, मौसम खराब भएपछि हेलिकप्टर पनि ल्याण्ड हुन नसकेको एसपी बसुधा खड्काले जानकारी दिइन् । 

‘एक हिसाबले रोशी सम्पर्कविहीन जस्तै बनेको छ,’ एसपी खड्काले शनिबार साँझ भनिन्, ‘हामीले पनि त्यहाँबाट यकिन जानकारी पाउन सकेका छैनौं । ठाउँठाउँमा पहिरो गएको र जनधनको क्षति भएको खबर आएको छ । तर अहिले हामी त्यहाँ पुग्नसक्ने अवस्था छैन ।’

शनिबार दिउँसो सामाजिक सञ्जालमा भेटिएका केही भिडिओहरूमा सोही गाउँपालिकामा पर्ने नार्के बजारका केही घरहरू बाढीले बगाएको देखिएको छ । उक्त घरहरूमा भएका क्षतिका विवरणहरूबारे कुनै जानकारी आएको छैन । केही मानवीय क्षति भएको खबर प्रहरीले पाएको भएपनि यकिन विवरण भने जुटाउन सकस भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७