प्रधानमन्त्री ओली र राष्ट्रसंघका अध्यक्ष याङबीच भेटवार्ता


२०८१ असोज ११ शुक्रबार १०:०६ बजे

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका अध्यक्ष फिलेमोन याङबीच विहीबार भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गरेका हुन् ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७