विवादास्पद  सेयर लगानीकर्ता अग्रवाल १६ करोडको चेक लिएर फरार, सीआईबीमा उजुरी


२०८१ असोज ८ मंगलबार १७:१० बजे

काठमाडौं :  विवादास्पद  सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)  मा उजुरी परेको छ । सिप्ला सेक्युरीटीको १६ करोड रूपैयाँ नतिरेको भन्दै अग्रवालले सीआईबीमा उजुरी दिएको हो । 

अग्रवालले हिसाव फरफारक गर्न बोलाएर ब्रोकर कम्पनीकै १ करोडका दरको १६ वटा चेक आफैले लिएर फरार भएको सिप्लाको आरोप छ । ‘यस कम्पनीका प्रतिनिधिलाई झुक्याएर आफै टोखास्थित ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धक समक्ष हिसाव मिलान गर्न लगाउँछु भन्दै अग्रवाल चेक लिएर फरार भएको जानकारी गराउँछौं’ सिप्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिप्ला सेक्युरीटीले भनेकाे छ, 'दीपेन्द्र अग्रवालसँग सिल्पाले खाताहरू मिलान गरेर हिसाब फरफारक गर्नका लागि मिति असोज ४ गते दिउँसो करिब २ बजे टोखास्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सिल्पाका प्रतिनिधिहरूले सोही बैंकको खाता नं ०७५०१०१००००७३२ को एक करोडका जम्मा १६ वटा चेक गरी जम्मा रकम १६ करोडका चेकहरू लिइ गएका थिए । निज दीपेन्द्र अग्रवालले पनि सोही अनुरूप हिसाब मिलान गर्ने भनेर आफ्नो तर्फबाट पनि सिल्पालाई तिर्नुपर्ने रकमका चेकहरू लिएर आए त्यस उपरान्त सिल्पा प्रितिनिधिहरूलाई झुक्याएर उहाँ आफैँ बैंकका शाखा प्रबन्धक समक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको जानकारी गराउदछौं । साथै उक्त विषय सम्बन्धी यस संस्थाबाट पुलिस रिपोर्ट समेत गरिसकेको जानकारी गराउँदछौं ।

कम्पनीको चेक चोरेर धोखा दिएर भागेको आरोप लागेका दीपेन्द्रबाट विगतमा अन्य धेरै धितोपत्र व्यवसायी पनि पीडित भएको घटना सार्वजनिक भएको थियो । यस्ता शेयर लगानीकर्ताबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी उनीसँगको हिसाब चुक्ता गर्न सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई भनेको छ ।

यसअघि जथाभावी सेयर किनेको भन्दै बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक अग्रवाललाई कारबाही गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७