सिप्रदीद्वारा सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना हुने


२०८१ असोज ८ मंगलबार ०३:०९ बजे

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रा। लिले काठमाडौँको सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ ।

यस क्याम्पले टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्ज, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि १५ गते सोल्टीमोडमा अवस्थित सिप्रदीको पेसेन्जर भेहिकल (पीभी) सर्विस सेन्टर शाखामा सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागीहुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा १८ प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको भारी छुट प्रदान गरिने सिप्रदीले जनाएको छ ।


यसैगरी, इन्जिन ओभरहल गरेबापत रु। ५००० नगद फिर्ता (संजीवनी योजना अन्तर्गत) एवं टप वाशिंग निःशुल्क हुनेछ । यी अतिरिक्त ग्राहकहरुले इन्जिन, ब्याट्री, सस्पेन्सन, ब्रेक चेकअपलगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निःशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार इन्जिन ओभरहल गरिएको खण्डमा १८ महिना वा ५०,००० किमिको वारेन्टी र दुई पटक निशुल्क सर्भिसिंग पनि प्राप्त गर्न सकिनेछ । आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लागिएको सिप्रदी जानकारी दिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७