घरको बिजुलीको प्लगमा औंला हाल्दा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु


२०८१ असोज ७ सोमबार २३:११ बजे

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औंला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७