डली चायवालालाई सुहाङ नेम्वाङले दिए इलाम भ्रमणको निम्तो


२०८१ असोज ४ शुक्रबार २३:२० बजे

काठमाडौै : नेपाल घुमघाममा रहेका भारतका भारतका भाइरल ‘डली चायवाला’ लाई इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलाम भ्रमणको निम्तो दिएका छन् ।   माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि भारतको नागपुरस्थित सडकमा चिया बेच्ने  सुनिल पाटिल अर्थात् ‘डली चायवाला’ अहिले विश्व चर्चामा छन् । 

चियाकै कारण चर्चामा आएका डली चायवालालाई चियाको राजधानीका रुपमा चिनिएको इलामका जनप्रतिनिधि समेत रहेका नेम्वाङले भेटेर इलामको चिया प्रबद्धनको बारेमा संवाद गरेका हुन् । डली चायवाला चियाकै कारण विश्वको ठुला मिडियाको शिर्षक बनिरहेका छन् । भेटमा नेम्वाङले चियाको राजधानी इलाम भ्रमणको निम्तो दिए । नेम्वाङको निम्तोपछि खुशी व्यक्त गर्दै भने, ‘म छिट्टै इलाम आउनेछु ।’ 

भेटपछि नेम्वाङले लेखेका छन्,‘म चियाको राजधानी इलामको प्रतिनिधि । चिया, हामी दुबैको प्रिय । मैले उहाँलाई इलामको चियाबारी घुम्न र इलामको चिया पिउन इलाममा निम्तो गरेको छु । सकेसम्म छिटो समय मिलाएर इलामको चिया बारी घुम्न आउने र इलाममा आएर इलामको चिया आफैले बनाएर खुवाउने बताउनुभयो ।  पेशाले इन्जिनियर झापाली साथी आरिफ अलीसँग समन्यव गरेर इलामको चियाको विश्वव्यापी प्रवर्द्धनको निम्ती डली चायवालालाई इलामको चियाबारी घुमाउने अनि उहाँले बनाएको चिया पिउने कार्यक्रम छिट्टै मिलाउनेछौं ।’

झापाको भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीले उनलाई नेपाल ल्याएको हो । डली आफ्ना दुई अंगरक्षक, म्यानेजरसहित पाँच जनाको टोलीसहित नेपाल आएका हुन् ।

भारतमा हालै सम्पन्न जी–सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् । बिल गेट्सले आफ्नो सामाजिक सञ्जालमा चायवालाको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘भारतमा तपाईं जताततै इनोभेसन देख्न सक्नुहुन्छ, यहाँसम्म कि एक सामान्य चिया बनाउनेमा पनि ।’

डली चायवालाले बिहीबार बिहान पर्वतीय उडान भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशङ्कर हिमशृङ्खलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७