कतारबाट प्रधानमन्त्रीको स्टाटस : जहाँ भए पनि मन त नेपालमै


२०८१ असोज ४ शुक्रबार २२:३१ बजे

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कतार पुगे पनि आफ्नो मन नेपालमै रहेको टिप्पणी गरेका छन् । संविधान दिवसका अवसरमा बिहीबार साँझ काठमाडौंको दरबारमार्गमा भएको कन्सर्ट सम्झना गर्दै उनले शुक्रबार साँझ सामाजिक सञ्जालमा मन नेपालमै रहेको बताएका हुन् ।   

एउटा ड्रोन भिडियो फेसबुकमा राख्दै उनले भनेका छन्, ‘कतार आइपुगेका छौं । जहाँ भए पनि मन त नेपालमै छ । हिजो यतिबेला नेसनल डे कन्सर्टमा थियौं । भिडियोका लागि ड्रोन पाइलट आदर्श भुसाललाई धेरैधेरै धन्यवाद ।’

प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा पुगेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने क्रममा उनी दोहा पुगेका हुन् ।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ः३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।
हेर्नुस् प्रधानमन्त्रीको फेसबुक स्टाटस 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७