विद्यालयबाट घर फर्किदै गरेकी १३ वर्षीया बालिका दुई जनाबाट बलात्कृत


२०८१ श्रावण ३० बुधबार २३:३३ बजे

बारा । बाराको निजगढ नगरपालिका–५ मा एक बालिकामाथि दुई जना पुरूषले बलात्कार गरेका छन् । स्थानीय विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकाले आफूलाई नचिनेका दुई मानिसहरुले बलात्कार गरेको परिवारसँग बताएपछि ईलाका प्रहरी कार्यालय निजगढले बालिकाको शारीरिक परीक्षण गरिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएको बताए । थप परीक्षणका लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी निरीक्षक कुशवाहाले बताएका छन् । कलैया अस्पतालबाट स्वास्थ्य परीक्षणको पूर्ण रिपोर्ट आएपछि घटनाबारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यसैबीच बालिकाले दिएको हुलियाको आधारमा घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेका व्यक्तिको प्रहरीले पहिचान  खुलाएको छैन । 

मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुई जना नचिनेका मानिसहरुले केही पैसा र मिठाइ दिएर आफूमाथि जबरजस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएपछि लगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७