दलित समुदायबाट पहिलो पटक बागचन्द मुख्य न्यायाधीश सिफारिस 


००:१० बजे

काठमाडौं । नेपालको न्याय सेवाको इतिहासमा पहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरेको हो । परिषदको शुक्रबारको बैठकले ३५ जिल्ला न्यायाधीशको नाम पनि सिफारिस गरेको हो ।

न्यायपरिषदले उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासमा कार्यरत बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । सिफारिस अनुसार प्रधानन्यायाधीशले उनको नियुक्ति गर्नेछन् । बैठकले उच्च अदालतका एक जना र जिल्ला अदालतका २१ जना न्यायाधीश सरुवा पनि गरेको छ ।

हेर्नुस् न्यायाधीशको सूची 

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७