भारतीय विदेश सचिव आइतबार नेपाल आउँदै


१४:०० बजे

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुई विदेश सचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार भारतका विदेश सचिवले नेपालका उच्च पदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ । ‘यो भ्रमण दुई मित्रवत छिमेकीहरूबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता हो,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७