हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित यी हुन् ज्यान गुमाउने पाँच जना


२०८१ श्रावण २३ बुधबार १५:५६ बजे
तस्वीर सौंजन्य : नेपाल प्रहरी

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकामा आज (बुधबार) दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित पाँच जनाकै ज्यान गएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र एक महिला छन् ।

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । थियो ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट  रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरण स्रोत जनाएको छ । हेलिकोप्टर नुवाकोटको शिवपुरीमा–७  स्थित सूर्य चौरमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी तिलक भारतीले हेलिकोप्टरको पुच्छर बाहेक अन्य सबै भाग जलेको अवस्थामा भेटिएको जानकारी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७