‘मदन पुरस्कार २०८०’ का लागि यी पाँच पुस्तक छानिए


२०८१ श्रावण ८ मंगलबार १९:४१ बजे

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि श्रेष्ठ पुस्तहरुको सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, मोहन मैलालीको ’मुकाम रणमैदान’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।

छनोटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७