विराटनगर पुगेका हरिवंश आचार्य अस्पताल भर्ना
विराटनगर । मोरङको बिराटनगर पुगेको वरिष्ठ कलाकार हरिवंश आचार्य अकस्मात अस्पताल पुग्नु परेको छ । विराटनगर आएका उनी अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका हुन् । आचार्य हिम गिरि सोप एण्ड केमिकलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई हिम गिरि सोपको ब्रान्ड एम्वेष्डरको रूपमा नियुक्त गरिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएका आचार्यको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका छन् ।
वरिष्ठ हाँस्य कलाकार आचार्यको स्वास्थ्य अवस्था बुझेपछि मुख्यमन्त्री कार्कीले अवस्था सामान्य रहेको बताएका छन् । आचार्यको नाकबाट रगत बगेपछि अस्पताल भर्ना गरिएको थियो । उनको डा. राजीव साहले उपचार गरिरहेका छन् ।
.gif)

.png)

