विदेश पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीमाथि कारबाही होस् : धनराज गुरुङ


२०८१ असार १० सोमबार १३:४६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा पाँच जना नेपाली बेलग्रेडबाट फर्काइएको पाएको बताए । उनले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको तथा १० जना नेपाली अझै अलपत्र रहेको बताए ।

उपसभापति गुरुङले १५ मध्ये १४ जना झापाका र एक जना बर्दियाका रहेको पनि बताए । ठगिएका युवाहरूलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न उनले माग गरे । अलपत्र युवाहरूलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि उनको माग छ । उपसभापति गुरुङले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानुनी बाटो भएर गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७