नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा, भारतसँग सबैभन्दा बढी


२०८१ असार ७ शुक्रबार १९:०४ बजे

काठमाडौँ । नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा छ । नेपालको सबैभन्दा बढी व्यापार घाटा छिमेकी भारत र चीनसँग रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार भारतसँग आठ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ ।

भारतबाट ९ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ९४ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेको विभागले जनाएको छ । विभागका अनुसार चीनसँग २ खर्ब ७० अर्ब ४० करोड रुपैयाँले व्यापार घाटा छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म चीनबाट २ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ वस्तु आयात हुँदा नेपालबाट २ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ ।

नेपालको युएईसँग २६ अर्ब ५ करोड ४२ लाख रुपैयाँ व्यापार घाटा छ । युएईबाट २८ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालले २ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । भारत, चीन, युएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्याण्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनाम, जापानलगायत मुलुकसँग व्यापार घाटा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७