भारतले अफगानिस्तानलाई हरायो


२०८१ असार ७ शुक्रबार ०२:३७ बजे

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको छ । ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले २६, नजिबुल्लाह जद्रानले १९, गुलबदिन नायबले १७ र मोहम्मद नाबीले १४, नूर अहमदले १२ र रहमानउल्लाह गुरबाजले ११ रन बनाए । बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३, अर्शदीप सिंह र कुलदीप यादवले समान २–२ तथा हार्दिक पाण्डेय र अक्षर पटेले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिषभ पन्तले २०‚ अक्षर पटेलले १२ र शिवम दुबेले १० रन बनाए । बलिङतर्फ अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले ३–३ तथा नविन उल हकले १ विकेट लिए । प्रतियोगिता अन्तरगत आज बंगलादेश र अष्ट्रेलियाबीच खेल हुनेछ। खेल नेपाली समय अनुसार विहान सवा ६ बजे सुरु हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७