सुदूरपश्चिममा बन्यो जम्बो मन्त्रिमण्डल : नव नियुक्त मन्त्रीहरूले लिए शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जम्बो मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए ।
सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।
.gif)

.png)

