मोदीको ७२ सदस्यीय मन्त्रिमण्डलमा सात जना महिला (सूचीसहित)


२०८१ जेठ २८ सोमबार ०८:४७ बजे

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले एनडीए नेता नरेन्द्र मोदीलाई पद र गोपनियताको सपथ ग्रहण गराएपछि उनी स्वतन्त्र भारतको २० औं प्रधानमन्त्री बने । एनडीए सरकारमा, मोदी बाहेक, ३० नेताहरूले क्याबिनेट मन्त्रीहरू, ५ नेताहरूले राज्य मन्त्री (स्वतन्त्र प्रभार) र ३६ नेताहरूले राज्यमन्त्रीको रूपमा सपथ लिएका छन् ।

भाजपा नेता नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । यसअघि उनी लगातार तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भइसकेका छन् । २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अब २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका छन् । तर, २०१९ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत भए पनि २०२४ मा भाजपासँग सरकार बनाउन पूर्ण बहुमत छैन ।

नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । नरेन्द्र मोदीको तेस्रो क्याबिनेटमा कुल ३० जना मन्त्रीलाई स्थान दिइएको छ । केही पुराना अनुहारलाई कायम राखेका छन् भने केही नयाँ अनुहारलाई पनि समावेश गरिएको छ । योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा राखेको छ । तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेकुलर र जनता दल युनाइटेडलाई पनि मन्त्रिपरिषद्मा समावेश गरिएको छ । गत वर्षको तुलनामा यसपटक ३६ मन्त्रीले मन्त्रिपरिषद्मा स्थान पाउन सकेनन् । यसपटक मन्त्रिमण्डलमा ७ जना महिलापरेका छन् । पहिलो कार्यकालमा ८ जना र दोस्रो कार्यकालमा ६ जना महिला रहेका थिए ।

को को भए क्याबिनेट मन्त्री ?
नरेन्द्र मोदीले आफ्नो तेस्रो क्याबिनेटमा आफू (प्रधानमन्त्री) बाहेक ३० जनालाई मन्त्री बनाएका छन् । जसमा केही पुरानै अनुहार दोहोर्‍याएका छन् भने केही नयाँ अनुहार पनि छन् । योसँगै भाजपाले आफ्नो गठबन्धन साझेदारहरूलाई पनि मन्त्रिपरिषद्मा समेटेको छ। तेलुगु देशम पार्टी, हिन्दुस्तान अवाम मोर्चा, लोक जनशक्ति रामविलास, जनता दल सेकुलर र जनता दल युनाइटेडलाई पनि मन्त्रिपरिषद्मा समावेश गरिएको हो ।

यी हुन् ३० क्याबिनेट मन्त्री
१. राजनाथ सिंह – राजनाथ अघिल्लो सरकारमा रक्षामन्त्री थिए । २०१४ मा भाजपा सरकार बनेपछि उनी गृहमन्त्री भए, पछि मोदीको दोस्रो कार्यकालमा रक्षामन्त्री बने । उनी लखनउबाट निर्वाचित सांसद हुन् ।

२. अमित शाह – अघिल्लो सरकारमा उनी केन्द्रीय गृहमन्त्री थिए। शाह गुजरातको गान्धीनगर सिटबाट निर्वाचित सांसद हुन् ।

३. नितिन गडकरी – नितिन गडकरी महाराष्ट्रको नागपुरबाट निर्वाचित सांसद हुन् ।
४. भाजपा अध्यक्ष जेपी नड्डा – हाल उनी राज्यसभा सांसद र पार्टीको राष्ट्रिय अध्यक्ष छन् ।
५. शिवराज सिंह चौहान – मध्य प्रदेशका पूर्व मुख्यमन्त्री उनी उक्त प्रदेशको विदिशा लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन् ।
६. निर्मला सीतारमण – अघिल्लो सरकारमा वित्तमन्त्री थिइन्। उनी रक्षामन्त्री पनि भइसकेकी छन् । निर्मला राज्यसभा सांसद हुन् ।
७. एस जयशंकर – मोदीको अघिल्लो सरकारमा विदेश मन्त्री थिए । एस जयशंकर गुजरातका राज्यसभा सांसद हुन् ।
८. मनोहर लाल – हरियाणाका पूर्वमुख्यमन्त्री मनोहर लाल पहिलोपटक क्याबिनेट मन्त्री बनेका हुन् । उनले मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी हरियाणाको कर्नाल लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन् ।
९. एचडी कुमारस्वामी – जेडीएसका उनी कर्नाटकका पूर्व मुख्यमन्त्री हुन् । उनी कुमारस्वामी कर्नाटकको मण्ड्या सिटबाट सांसदमा विजयी भएका हुन् । कुमारस्वामी पूर्व भारतीय प्रधानमन्त्री एचडी देवगौडाका छोरा हुन् ।
१०. पियूष गोयल – उत्तर मुम्बई लोकसभा सिटबाट सांसद निर्वाचित उनी नरेन्द्र मोदीका अघिल्ला दुई सरकारमा क्याबिनेट मन्त्री भइसकेका छन् ।
११. धर्मेन्द्र प्रधान – यसअघिका दुवै सरकारमा क्याबिनेट मन्त्री रहेका उनले पेट्रोलियम मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी ओडिसाको सम्बलपुर सिटबाट लोकसभा सांसद निर्वाचित भएका हुन् ।
१२. जितन राम मांझी – बिहारका पूर्व मुख्यमन्त्री तथा हिन्दुस्तान अवाम मोर्चाका प्रमुख उनी पहिलोपटक क्याबिनेट मन्त्री बनेका हुन् । उनी गया लोकसभा सिटबाट निर्वाचित सांसद हुन् ।
१३. राजीव रञ्जन सिंह उर्फ लालन सिंह – जेडीयूका नेता सिंह पहिलोपटक क्याबिनेट मन्त्री बनेका हुन् । बिहारको मुंगेर लोकसभा सिटबाट निर्वाचित सांसद उनी बिहार सरकारमा मन्त्री भएका थिए ।

१४. सर्वानन्द सोनोवाल – अघिल्लो सरकारमा पनि क्याबिनेट मन्त्री थिए । सोनोवाल असमको मुख्यमन्त्री पनि भइसकेका छन् । उनी डिब्रुगढ लोकसभा सिटबाट निर्वाचित सांसद हुन् ।
१५. डा. वीरेन्द्र कुमार – मध्य प्रदेशको टिकमगढ लोकसभा सिटबाट विजयी सांसद वीरेन्द्र नरेन्द्र मोदीको अघिल्ला दुई सरकारमा पनि मन्त्री भइसकेका छन् ।
१६. राममोहन नायडु – टीडीपीका उनी आन्ध्र प्रदेशको श्रीकाकुलम सिटबाट लोकसभा सांसद निर्वाचित भएका हुन् ।
१७. प्रह्लाद जोशी – मोदीको अघिल्लो सरकारमा पनि उनी मन्त्री थिए ।
१८. जुआल ओराओन – ओडिशाको सुन्दरगढ लोकसभा सिटबाट सांसदमा निर्वाचित जुआल प्रधानमन्त्री मोदीको पहिलो सरकारमा पनि मन्त्री थिए ।
१९. गिरिराज सिंह – बिहारको बेगुसराय सिटबाट सांसद निर्वाचित गिरिराज सिंह मोदीका अघिल्ला दुई सरकारमा मन्त्री भइसकेका छन् ।
२०. अश्विनी वैष्णव – अघिल्लो सरकारमा रेलमन्त्री रहेका उनी ओडिसाबाट राज्यसभा सांसद हुन् ।
२१. ज्योतिरादित्य सिन्धिया – मध्य प्रदेशको गुना सिटबाट सांसद निर्वाचित उनी चौथोपटक केन्द्रीय सरकारमा मन्त्री बनेका हुन ्। नरेन्द्र मोदी सरकारमा दोस्रोपटक मन्त्री बनिसकेका उनी सिन्धिया दुवै यूपीए सरकारमा पनि मन्त्री भएका थिए । २०२० मा सिन्धिया कांग्रेस छाडेर भाजपामा सामेल उनले २०१९ मा भने लोकसभा चुनाव हारेका थिए ।
२२. भूपेन्द्र यादव – राजस्थानको अलवर लोकसभा सिटबाट सांसद निर्वाचित भूपेन्द्र अघिल्लो मोदी सरकारमा पनि क्याबिनेट मन्त्री थिए । उनी दुई पटक राज्यसभा सांसद पनि भए ।
२३. गजेन्द्र सिंह शेखावत – राजस्थानको जोधपुर लोकसभा सिटबाट सांसद निर्वाचित गजेन्द्र यसअघिको मोदी सरकारमा पनि क्याबिनेट मन्त्री थिए ।
२४. अन्नपूर्णा देवी कोडर्मा – झारखण्डबाट सांसद निर्वाचित अन्नपूर्ण देवी दोस्रो पटक केन्द्रीय सरकारमा मन्त्री भएकी हुन् ।
२५. किरेन रिजिजु – अरुणाचल प्रदेशबाट लोकसभा सांसद चुनिएका रिजिजु यसअघि दुईपटक राज्यमन्त्री र एकपटक क्याबिनेट मन्त्री भइसकेका छन् ।
२६. हरदीप सिंह पुरी – उत्तर प्रदेशका राज्यसभा सांसद उनी मोदीका अघिल्ला दुई सरकारमा पनि मन्त्री भएका थिए ।

२७. मनसुख मण्डाविया – अघिल्लो सरकारमा स्वास्थ्य मन्त्री रहेका मनसुख मण्डाविया गुजरातको पोरबन्दर लोकसभा सिटबाट पहिलो पटक सांसद निर्वाचित भएका हुन् । तर उनी मण्डावियाबाट दुईपटक राज्यसभा सांसद भइसकेका छन् ।

२८. जी किशन रेड्डी – तेलंगानाको सिकन्दराबाद सिटबाट सांसद निर्वाचित रेड्डी नरेन्द्र मोदीको अघिल्लो सरकारमा पनि मन्त्री थिए ।

२९. चिराग पासवान – लोक जनशक्ति (रामविलास) का पासवान पहिलो पटक केन्द्र सरकारमा मन्त्री बनेका हुन् । बिहारको हाजीपुर लोकसभा सिटबाट सांसद निर्वाचित भएका हुन् । यसपटकको लोकसभा चुनावमा उनको पार्टीबाट पाँच सांसद विजयी भएका छन् ।

३०. सीआर पाटिल – गुजरातको नवसारी लोकसभा सिटबाट विजयी पाटिल पहिलोपटक केन्द्र सरकारमा मन्त्री बनेका हुन् ।

राज्यमन्त्री (स्वतन्त्र प्रभार)
राव इन्दरजित सिंह – हरियाणाको गुडगाउँ लोकसभा सिटबाट छैटौँ पटक विजयी इन्दरजित मोदीको अघिल्ला दुवै सरकारमा मन्त्री थिए ।

जितेन्द्र सिंह – उधमपुरबाट सांसद निर्वाचित सिंह यसअघिको मोदी सरकारमा पनि मन्त्री थिए ।

अर्जुन राम मेघवाल – राजस्थानको बिकानेर लोकसभा सिटका सांसद मेघवाल मोदीको अघिल्लो सरकारमा पनि मन्त्री थिए ।

प्रताप राव गणपत राव माधव – शिवसेना एकनाथ शिन्दे गुटका सांसद उनी बुलढाना लोकसभा सिटबाट विजयी भएका हुन् । उनी पहिलो पटक केन्द्रीय सरकारमा मन्त्री (राज्यमन्त्री) बनेका हुन् ।
जयन्त चौधरी – राष्ट्रिय लोकदलका अध्यक्ष तथा राज्यसभा सांसद हुन् । लोकसभामा जयन्त चौधरीको पार्टीका दुई सांसद छन् । यस वर्षको सुरुमा मात्र चौधरी एनडीए गठबन्धनमा आबद्ध भएका हुन् ।

थप राज्यमन्त्री
जितिन प्रसाद – पिलीभितबाट लोकसभा सांसद निर्वाचित उनी यूपीए सरकारमा केन्द्रीय मन्त्री भइसकेका नेता हुन् ।

श्रीपाद यशो नाइक– उत्तर गोवा लोकसभा सिटबाट सांसद निर्वाचित उनी नरेन्द्र मोदीका अघिल्ला दुई सरकारमा पनि राज्यमन्त्री थिए ।

पंकज चौधरी– उत्तर प्रदेशको महाराजगन्ज लोकसभा सिटबाट सांसद निर्वाचित हुन् ।
कृष्ण पाल– हरियाणाको फरिदाबाद लोकसभा सिटबाट सांसद निर्वाचित उनी मोदीका यसअघिका दुई सरकारमा पनि राज्यमन्त्री थिए ।

रामदास आठवले– आरपीआईका रामदास आठवले विगतका दुवै सरकारमा राज्यमन्त्री थिए ।

रामनाथ ठाकुर– अहिले मोदी सरकारमा राज्यमन्त्री बनेका उनी जेडीयूका राज्यसभा सांसद हुन् भने भारत रत्न कर्पुरी ठाकुरका छोरा ।
नित्यानन्द राई– राज्यमन्त्री बनेका राई बिहारको उजियारपुर लोकसभा सिटबाट निर्वाचित सांसद हुन् ।
अनुप्रिया पटेल – राज्यमन्त्रीको शपथ खाएकी पटेल अपना दल (सोनेलाल) की हुन् । उनी उत्तर प्रदेशको मिर्जापुर लोकसभा सिटबाट विजयी भएकी हुन् ।

सुरेश गोपी – केरलाबाट भाजपाका एक मात्र सांसद ।

वी सोमन्ना – कर्नाटकको तुमकुर सिटबाट निर्वाचित ।

चन्द्रशेखर पेम्मासानी – टीडीपी सांसद पेम्मासानी आन्ध्र प्रदेशको गुन्टुर सिटबाट विजयी भएका हुन् ।
एसपी सिंह बघेल– उत्तर प्रदेशको आगरा सिटबाट निर्वाचित भएका हुन् ।
शोभा करन्दलाजे– बेंगलुरु उत्तर, कर्नाटकबाट विजयी सांसद ।
कीर्तिवर्धन सिंह– उत्तर प्रदेशको गोंडा सिटबाट विजयी ।

बीएल बर्मा– भाजपाका सांसद उनी उत्तर प्रदेश भाजपा उपाध्यक्ष हुन् ।

शान्तनु ठाकुर– पश्चिम बंगालको बानगाउँबाट विजयी ।
एल मुरुगन– भाजपाका उनी तमिलनाडुको निलगिरिसबाट पराजित । उनी डीएमकेका ए राजासँग दुई लाखभन्दा बढी मतले हारे ।

अजय टम्टा– भाजपा नेता टम्टा उत्तराखण्डको अल्मोडामा बस्छन् ।
बन्डी सञ्जय कुमार– तेलंगानाको करिमनगरबाट निर्वाचित सांसद ।

साथै कमलेश पासवान, भगीरथ चौधरी, सतीश दुबे, सञ्जय सेठ, रवनित सिंह बिट्टु, दुर्गादास, रक्षा खडसे, सुकान्त मजुमदार, सावित्री ठाकुर, टोखान साहु, राजभूषण चौधरी, श्रीनिवास बर्मा, हर्ष मल्होत्रा, निम्बुहन मुरबाल, जर्ज मुरबाल, निमुबेन बंभानिया कुरियन, मुरलीधर मोहोल, जार्ज कुरियन र पबित्रा मार्गेरिटा पनि राज्यमन्त्री बनेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७