पोचेटिनोले एक वर्ष सम्झौता बाँकी छँदै किन छोडे चेल्सी ?


२०८१ जेठ ९ बुधबार ११:५७ बजे

काठमाडौं । मौरिसियो पोचेटिनोले इङलिस क्लब चेल्सी छोडेका छन् । आपसी सहमतिमै प्रमुख प्रशिक्षक पोचेटिनोले क्लब छाडेका हुन् । चेल्सीसँग पोचेटिनोको सम्झौता एक वर्ष बाँकी थियो । पोचेटिनोको प्रशिक्षणमा चेल्सी यस सिजन प्रिमियर लिगमा छटौँ स्थानमा रहेर लिग सक्काएको थियो । महँगा खेलाडी भित्र्याएको चेल्सीले प्रिमियर लिगमा समग्रमा कमजोर प्रदर्शन गरेको थियो ।

चेल्सीका खेल निर्देशकहरू लरेन्स स्टीवर्ट र पल विन्स्टान्लीले मौरिसियोलाई प्रशिक्षणका लागि धन्यवाद दिएका छन् । उनीहरूले भनेका छन्, ‘चेल्सीका तर्फबाट हामी मौरिसियोलाई यस सिजनमा उनको सेवाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । उनलाई जुनसुकै बेला स्ट्यामफोर्ड ब्रिजमा स्वागत हुनेछ र हामी उनलाई उनको भावी प्रशिक्षण करियरका लागि शुभकामना दिन्छौँ ।’

पोचेटिनोले पनि फुटबल क्लबको इतिहासको हिस्सा बन्ने अवसर दिएकोमा चेल्सीलाई धन्यवाद दिएका छन् । पोचेटिनोले भनेका छन्, ‘यस फुटबल क्लबको इतिहासको हिस्सा बन्ने अवसर दिएकोमा चेल्सीको स्वामित्व समूह र खेल निर्देशकहरूलाई धन्यवाद दिन चाहन्छु । क्लब अब आउने वर्षहरूमा प्रिमियर लिग र युरोपमा अगाडि बढ्न राम्रो स्थितिमा छ ।’ प्रशिक्षक पोचेटिनोसँगै जेसस पेरेज, मिगुएल डी अगोस्टिनो, टोनी जिमेनेज र सेबास्टियानो पोचेटिनोले क्लब छोडेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७