साइबर व्यूरोमा उजुरी दिएपछि एलिनाले भेटिन् गृहमन्त्री


२१:३१ बजे

काठमाडौं । साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । आज (मंगलबार) गृहमन्त्री लेखकसँग भेटेपछि तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै उनले व्यक्तिगत जीवनमा आँच पुर्‍याउने गालीगलौज र चरित्र हत्या गर्ने कार्य सह्य नहुने बताएकी छिन् ।

‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ । तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो । तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो । तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन,’ उनले लेखेकी छिन्, ‘जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्–ती त मेरो मन दुखाउन चाहने मात्र हुन् । त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानूनी प्रक्रिया अघि बढाएकी छु । यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो ।’

सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गर्नेहरूविरुद्ध उनले सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । आवश्यक सहयोग गरेकोमा गृहमन्त्री लेखकलाई उनले विशेष धन्यवाद दिएकी छिन्। ‘यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा गृहमन्त्री रमेश लेखक ज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईहरूको साथ र सद्भावले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ,’ उनले लेखेकी छिन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७