इलाम अपडेट : करिब २३ हजार मत गणना बाँकी, एमालेका सुहाङ विजयोन्मुख बन्दै


२०८१ बैशाख १७ सोमबार २०:३६ बजे

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयोन्मुख भएका छन् । ६९ हजार २ सय मत खसेकोमा सोमबार बेलुका ८ बजेसम्म साढे ४६ हजार मतगणना भइसकेको छ । अब करिब २३ हजार मत गन्न बाँकी छ । तर, सुहाङको अग्रता ६,४६३ मतको छ ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १९ हजार ११४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले १२ हजार ६७५ मत पाएका छन् । निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रास्वपाका मिलन लिम्बूले ३,२४२ मत पाएका छन् । अब इलाममा १२ वटा वडाको मत गन्न बाँकी रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७