मेस्सीको दुई गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए ।
त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।