एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त


२०८० फाल्गुण २२ मंगलबार १४:५८ बजे

काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । आज (मंगलबार) पार्टी अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यसअघिका प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई नियुक्त गरिएको हो । यस्तै, सचेतकमा सुनिता बराललाई नियुक्त गरिएको छ ।

यसअघि २०७९ पुसमा ४२ दिन स्वास्थ्य मन्त्री बनेर बाहिरिएपछि गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका थिए । तर अहिले वाम गठबन्धन ब्युँतिदा गिरी मन्त्रीमा दोहोरिएका छन् । गिरीको स्थान बर्तौलालाई लिँदा एमाले सचेतकमा समानुपातिक सांसद सुनिता बरालले अवसर पाएकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट उनी समानुपातिक प्रणालीबाट सांसद भएकी थिइन् । सुनिता अनेरास्ववियुको अध्यक्ष हुँदा बर्तौला उपाध्यक्ष थिए । प्रतिनिधिसभाको प्रमुख सचेतक बनाएका बर्तौला एमालेका बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । उनले २०७९ को चुनावमा मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७