एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग भिड्दै


२०८२ श्रावण २१ बुधबार ११:१० बजे

काठमाडौं । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् ।

दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ । समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् ।

हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्याण्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७