दक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक


२०८२ श्रावण २१ बुधबार ११:४१ बजे

काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई  उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मन्त्रालयका अनुसार सन् २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वन अर्थात् झन्डै ७ दशमलव ४३ अमेरिकी डलर तोकिएको छ । यो अहिले रहेको १० हजार ३० वन अर्थात् ७ दशमलव २२ डलरभन्दा उच्च हो ।

सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत पारिश्रमिक दर वृद्धि गरिएको हो । चालिस घण्टे साप्ताहिक कार्यघण्टाका आधारमा न्यूनतम पारिश्रमिक मासिक रूपमा झण्डै एक हजार ५ सय ५२ अमेरिकी डलर हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७