सरकार स्थिर नीतिको पक्षमा : अर्थमन्त्री पौडेल


२०८२ श्रावण २१ बुधबार १२:३७ बजे

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको मनोबल बढाउन स्थिर नीतिको पक्षमा रहेको बताएका छन् ।  भृकुटीमण्डपमा आज (बुधबार) बाट सुरु ‘नाइमा मोबिलिटि एक्स्पो–२०२५’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अहिलेको सरकारले अस्थिर नीतिको पक्षमा नभएको बताए ।

‘बजेट निर्माण गर्दा निजी क्षेत्रसँग र उनीहरूको छाता संगठनसँग धेरै छलफल र संवाद गर्‍यौं,’ उनले भने, ‘यो अर्थमन्त्रीले होइन, निजी क्षेत्रले हामीले बनाएको बजेट होस् भन्ने थियो, त्यही अपेक्षा अनुसार बजेट बनाइएको छ ।’

नीतिगत अस्थिरताले गर्दा व्यवसाय, उद्योगमा कुन प्रकारको प्रतिकुलता सिर्जना हुन्छ भन्ने कुरा सरकारलाई थाहा भएको भन्दै उनले स्थिरतामा ध्यान दिनुपर्छ भन्ने सोचकासाथ बजेट ल्याइएको दावी गरे । 

‘सरकारको ध्यान निजी क्षेत्रको मनोबल कसरी उठाउने, आत्मविश्वास, रोजगारी कसरी सिर्जना गर्ने भन्ने कुरामा बढी छ,’ उनले भने, ‘त्यसैले निजी क्षेत्रमैत्री र उनीहरुको मनोबल उठाउने गरी बजेट निर्माण गरेका छौँ।’

उनले व्यवसायीले उठाउँदै आएको सडक पूर्वाधारमा सरकारको ध्यान गएको भन्दै अहिले राजमार्गहरुको विस्तार र स्तरोन्नतिको काम भइरहेको बताए । मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्वपूर्ण इन्जिन भएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।

नाइमाले सीटीईभीटीसँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको जानकारी दिँदै उनले यसले नेपाली युवाका लागि समावेशी र भविष्य उन्मुख रोजगारी सुनिश्चित गर्ने विश्वास आफूहरूको रहेको बताइन्। नेपालको इतिहाँसमा सबैभन्दा ठूलो एक्स्पोको आयोजना गरिएको आयोजक समितिका संयोजक सुरेश कुमार मुरारकाले बताए ।

एक्स्पोमा ५० वटा ब्रान्डका सवारी साधन राखिएका छन् । साउन २५ गतेसम्म चल्ने एक्स्पोमा ३५ वटा नयाँ भेरिएन्टका सवारी सार्वजनिक गरिदैं छ । पाँच दिनसम्म चल्ने एक्स्पोको ८० हजार बढीले अवलोकलन गर्ने दाबी आयोजकको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७