चीनको एक छात्रावासमा आगलागी, १३ बालबालिकाको मृत्यु


२०८० माघ ७ आइतबार ०६:२२ बजे

काठमाडौं । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको बीबीसीले जनाएको छ ।

विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान शुरू गरिएको छ । एक शिक्षकले त्यहाँको सरकारी अखबार हेबेई डेलीलाई बताएअनुसार मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ । सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो ।

आगलागीको कारण वा मृतकको पहिचानबारे आधिकारिक च्यानलहरूमा केही भनिएको छैन । सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा छात्रावासका झ्यालका सिसा फुटेको र त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ । सिन्ह्वाका अनुसार निजी रूपमा सञ्चालित यो विद्यालय १० वर्षदेखि चल्दै आएको थियो र त्यसमा नजिकैका ग्रामीण क्षेत्रका बालबालिकाले भाग लिएका थिए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७